नियम १०
स्रेस्तेदारको काम कर्तव्यर अधिकार
(१) प्रचलित कानून र नियमावलीमा अन्यत्र उल्लेख भएको काम कर्तव्यका अतिरिक्त स्रेस्तेदारको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ -

(क) अदालतमा दर्ता गर्न ल्याएका लिखतहरू हेरी जाँची रीत पुगेको भए आवश्यक अदालती शुल्क वा दस्तुर लिई दर्ता गर्ने र दर्ता गर्न नमिल्ने भए कारण जनाई फिर्ता वा दरपीठ गर्ने,

(क१) अदालतको साप्ताहिक मुद्दा सूची तयार गरी प्रकाशन गर्ने र दैनिक पेसी सूची तयार गरी गोला प्रक्रियाको प्रयोजनको लागि न्यायाधीशहरूसमक्ष पेस गर्ने,

(ख) सार्वजनिक हित वा सरोकार निहित रहेको विवाद तथा हकवाला वा संरक्षक वा माथवर व्यक्तिलाई मुद्दा दर्ता गर्न अनुमति दिने,

% दोस्रो संशोधनद्वारा थप। शन (ग) फिराद पत्र, प्रतिउत्तर पत्र, पुनरावेदन पत्र र निवेदनपत्रको साथमा पेस हुन आएको कागज ठीक छ छैन जाँच्ने

(घ) आदेशानुसार झिकाइएको वा झिकाउनु पर्ने व्यक्ति र साक्षीहरूलाई पठाउने पक्राउ पूर्जी, समाह्वान, इतलायनामा, म्याद वा सूचना जारी गरी तामेल गर्ने गराउने,

(ङ) तामेल भई आएको पक्राउ पूर्जी, समाह्वान, इतलायनामा, म्याद वा सूचना रीतपूर्वक तामेल भए नभएको जाँची बेरीतको देखिए बदर गरी पुन रीतपूर्वक तामेल गराउने,

(च) आफ्नो अधिकार क्षेत्रभित्र पर्ने कुनै विषयसँग सम्बन्धित कुनै व्यक्तिलाई उपस्थित गराउने वा कुनै लिखत पेस गर्न लगाउने,

(छ) मुद्दामामिलामा कानून बमोजिम मनासिब माफिकको कारण जनाई तारिख तोक्ने र सोबमोजिम तारिख किताबमा उल्लेख गर्न लगाउने,

(ज) कानूनले थामिने म्याद तारिख थामी पाउँ भनी निवेदन परेमा कानूनबमोजिम आदेश दिने,

(झ) विवादित सम्पत्तिको आयस्ता रोक्का गरिपाउँ भन्ने निवेदन परेमा आदेश दिने,

(न) प्रचलित कानून बमोजिम वारिस लिने र मुद्दा सकार गराउने,

(ट) इजलासबाट भएको आदेशबमोजिमको काम कारबाही चाँडो कार्यान्वयन गर्ने, गर्न लगाउने,

(ठ) मुद्दाको कारबाहीको क्रममा भएको आदेश अनुसारको धरौट वा जमानत लिने,

(ड) मुद्दाको टिपोट तयार गरी पेशी अगावै मिसिल सामेल राख लगाउने,

-ढ) मुद्दाको मार्गसमूह निर्धारण र परिवर्तन तथा कार्यतालिका निर्माण प्रमाणीकरण परिमार्जन अनुगमन लगायत फरक मुद्दा व्यवस्थापनको कार्यान्वयनका सम्बन्धमा अन्य आवश्यक काम कारबाही गर्ने गराउने

(ण) पक्षलाई फैसला बमोजिमको सूचना वा पुनरावेदनको म्याद जारी भए नभएको जाँच गरी म्याद वा निस्सा मिसिल संलग्न गरी अभिलेख शाखामा पठाउने व्यवस्था गर्ने,

६ (त पुनरावेदन परी मिसिल पठाउँदा कानून बमोजिम फैसला भएको जानकारी वा सूचना वा पुनरावेदनको म्याद जारी भए नभएको जाँच गरी प्रमाण मिसिल भए सो समेत संलग्न गरी पठाउने,

(थ) साधक जाँचको लागि पुनरावेदन सुन्ने अदालतमा पेश गर्नु पर्ने मुद्दाको अभिलेख राखी समयमै मिसिल पठाउने व्यवस्था गर्ने,

(द) बालबालिका, वृद्ध, अशक्त, असहाय थुनुवा अवस्थाका मानिसको मुद्दा र फाँटको काम कारबाही सम्बन्धमा प्रत्येक महिना अनुगमन र निरीक्षण गरी सोको प्रतिवेदन न्यायाधीशसमक्ष पेस गर्ने,

(ध) सामान्यतयाः महिनाको एकपटक मिसिलहरूको निरीक्षण गरी गराई सो को अभिलेख मिसिल सामेल राख्ने,

(न) अभिलेखशाखाको कामको रेखदेख गरी समय समयमा सडाउनु पर्ने मिसिल कागजात धुल्याउने,

(प) अदालतको फैसला बमोजिम लागेको कैद वापत धरौट वा जमानत राखी पुनरावेदन गर्न अनुमति माग गरी निवेदन पर्न आएमा इजलास समक्ष पेस गर्ने,

(फ) मुद्दाका पक्ष लगायतका सरोकारवालाहरुलाई अदालतबाट समयमै गुणस्तरीय सेवा प्रवाह गर्न आवश्यक व्यवस्था र समन्वय गर्ने,

(ब) फरार हुनेको हुलियासहितको फरारी लगत किताब राख्ने,

(भ) अदालतमा सञ्चालनमा रहेका सफ्टवेयरमा आवश्यक तथ्यांक समयमै प्रबिष्ट गर्ने गर्न लगाउने र कर्मचारीलाई यस सम्बन्धमा आवश्यक प्रशिक्षणको व्यवस्था गर्ने,

(म) अदालतमा प्राप्त हुन आएको कागजपत्र बुझ्ने, भरपाई दिने र आवश्यकता अनुसार लेखापढी गर्ने,

(य) मास्केवारी, वार्षिक प्रतिवेदन, वार्षिक बजेट इत्यादि प्रशासकीय कागजहरू तयार पार्ने रप्रमुख भै काम गर्ने न्यायाधीशसमक्ष पेस गरी भएको आदेशबमोजिम गर्ने,

(र) प्रमुख भै काम गर्ने न्यायाधीशसँग परामर्श गरी कर्मचारीहरूमा कार्यबोझको अनुपात मिल्ने गरी काम बाँडफाँड गर्ने,

(ल) कर्मचारीहरूको वैयक्तिक अभिलेख राख्ने, कर्मचारीहरूको सरूवा, बढुवा हुँदा बरबुझारथ गराउने,

“७ (ब) अदालतमा प्रयोग हुने कानूनका किताब, मसलन्दका सामान, फर्निचर, कार्यालय सामानलगायत जिन्सी सामानको संरक्षण गर्ने, गर्न लगाउने,

(श) अदालतका दर्ता किताबसमेतका स्रेस्ता दुरूस्त राखे, राख लगाउने,

(ष) अदालतका कर्मचारीको बिदा सम्बन्धी कार्य गर्ने,

(स) कर्मचारीको कामको मूल्याङ्कन गर्ने, प्रोत्साहन पुरस्कार तथा विभागीय कारबाही लगायतका कर्मचारी प्रशासनसम्बन्धी प्रारम्भिक कारबाही चलाई प्रमुख भै काम गर्ने न्यायाधीशसमक्ष पेस गरी निकासा भएबमोजिम गर्ने,

(ह) माथिल्लो तहको अदालतले दिएको निरीक्षण निर्देशन, आदेश वा निर्देशनहरू सिलसिलेवार ढङ्गले सुरक्षित राखी कार्यान्वयन गर्ने,

(क्ष) अदालतमा सूचना प्रविधिको प्रयोग सम्बन्धमा आवश्यक कार्य गर्ने गराउने र

(त्र) मुद्दा व्यवस्थापन, आर्थिक व्यवस्थापन, योजनाको प्रगति विवरण लगायतका अदालत व्यवस्थापन सम्बन्धी त्रैमासिक प्रतिवेदन तयार गरी पूर्ण बैठकमा पेश गर्ने ।

(२) स्रेस्तेदारले न्यायाधीशको अनुपस्थितिमा नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा पक्राउ पूर्जी जारी गर्न अनुमति दिने जरुरी पक्राउ पूर्जीको स्वीकृति दिने अनुसन्धानको लागि अभियुक्तलाई हिरासतमा राख अनुमति दिने सम्बन्धी कार्य गर्नेछ ।

(३) स्रेस्तेदारले न्यायाधीशको अनुपस्थितिमा मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १५६ बमोजिम सम्पत्ति रोक्रा गरी पाउँ भन्ने निवेदनउपर कानून बमोजिम आदेश दिन सक्नेछ।

(४) उपनियम (३) बमोजिम स्रेस्तेदारले गरेको आदेश न्यायाधीश अदालतमा उपस्थित भएपछि पुर्नविचारको लागि इजलाससमक्ष पेश गर्नुपर्नेछ।

(५) यस नियमावलीमा उल्लेख भए बाहेक कुनै विषयमा अडबड परेमा स्रेस्तेदारले सो बिषय इजलाससमक्ष पेस गरी भएको आदेशानुसार गर्नु पर्नेछ ।

(६) यस नियम बमोजिम लिखत दर्ता वा दरपीठ गर्ने «वा पेसी सूची तयार गर्ने बाहेक यस नियमावलीमा स्रेस्तेदारले गर्ने भनी तोकिएको कुनै काम प्रमुख भै काम गर्ने न्यायाधीशको पूर्व

स्वीकृति लिई आवश्यकता अनुसार स्रेस्तेदारले आफूभन्दा मुनिको अधिकृत वा अन्य कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ । (७) यस नियमावली बमोजिम ख्रेस्तेदारले गर्नु पर्ने कामहरू निजको अनुपस्थितिमा वरिष्ठ कर्मचारीले गर्नेछ ।